ओरियन्स धन्दामा लागेकाहरुलाई खोज्दै झापा प्रहरी, लाखौ कमाउछु भन्ने अहिले प्रयोगकर्ता हुँ भन्दै जोगिन खोज्दै
दमक/ झापाको दमक सहित जिल्लाभर नेपालमा अवैध मानिएको नेटवर्क ब्यवसाय गर्दै आएको ओरियन्सको धन्दा गर्नेहरुको भागरेभाग भएको छ । केहि स्थानीय नेता पनि जोगिने उपायको खोजीमा हिड्न थालेको बताईन्छ ।
दमक र आसपासमामात्र आफुलाइ ओरियन्सको सिनियर बताउने र सिलगुडिमा सानका साथ प्लाट देखाउनेपनि अहिले प्रहरीले पक्राउ गर्ने डरले आफु ओरियन्सको उत्पादन सेवनकर्ता भएको बताउन थालेको पाईएको छ ।
यसमा संलग्न आफुलाइ सिनियर बताउनेहरु अहिले सेवनकर्ता भन्न लगाउने र लुकीछुपि ब्यापार गरिरहने भन्ने रणनीतिमा रहेको पाईएको छ । सवैलाइ काम लुकेर जारी राख्न र प्रहरीबाट जोगिन सिलगुढीबाट आफ्ना सदस्यहरुलाइ भन्दै आएकाछन् ।
ओरियन्सका उत्पादनहरु खुलेआम बिक्री हुँदै आएको थियो । यसमा जिल्ला र नगरनेताहरु नै लागेकाले प्रहरीले केहि गर्न सक्दैन भनेर नयाँ सदस्य बन्नेहरुलाइ पनि आश्वस्त बनाउनेहरु नै प्रहरीले खोज्न थालेपछि बच्ने उपायको खोजिमा रहेकाछन् ।
नेपालमा यसको उत्पादन आधिकारिक बिक्री गर्न कहीँ कतै दर्ता वा अनुमति लिएको छैन। नेपालमा दर्ता नभएको ओरियन्स नामक संस्थाले नेटवर्किङ शैलीबाट ‘फ्रुट सप्लिमेन्ट’ बिक्री गर्दै आएको छ। पूर्वमा यसको नेटवर्क विस्तार र उत्पादन बिक्रीका लागि दुई हजार युवायुवती खटिएको श्रोतको भनाई छ ।
