घरको वाइफाइ अब घर बाहिर पनि चलाउने सुविधा, दमक भित्र ८६ ठाँउमा फ्रि वाइफाइ
झापाको दमकमा वल्र्ड लिंकले ८६ वटा गाँउमा फ्री वाइफाइ जोडेको छ । थप आवश्यकताका आधारमा जोड्ने क्रम अझै रहेको वल्र्ड लिक दमककका प्रमुख राजन तिम्सिनाले बताए ।
उनका अनुसार अस्पताल लगायत सार्वजनिक महत्वका र बढि जमघट हुने स्थानहरुमा यो राखिएको छ । होटलहरुमा पनि यो सुविधा रहेको छ ।
वल्र्ड लिंकको कार्यालयमा आएर एप्स हालेर आफ्नो घरको वाइफाइ यो सुविधा भएको स्थानमा चलाउने सकिने पनि उनले बताए ।
नेपालकै सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक संस्था वल्र्ड लिंकको दमकमात्र १० हजारभन्दा बढि उपभोक्ता तथा ग्राहक रहेको पनि तिम्सिनाले बताएकाछन् ।
९० जनाभन्दा बढि कर्मचारीहरुले दैनिक रुपमा उपभोक्तालाइ सेवा प्रदान गर्दै आएको पनि उनको भनाई छ ।
