प्रधानमन्त्री ओलीलाइ मिर्गौला दान गर्ने भान्जि समिक्षा अस्पतालमा
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने भान्जी समीक्षा संग्रौला ज्ञवाली त्रिवि शिक्षण अस्पताल पुगेपछि त्यहाँको माहोल भावुक बनेको छ।
प्रधानमन्त्री ओलीसँगै उनी पनि आजै अस्पताल भर्ना हुन जाने क्रममा ओलीका शुभेच्छुकहरुले उनलाई स्वास्थ्य लाभको कामना गर्दै धन्यवाद दिएका थिए । ओली आजै अस्पताल भर्ना हुने जनाईएको छ ।
प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ।
प्रत्यारोपण अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्राडा प्रेम ज्ञवालीको नेतृत्वको टोलीले गर्ने अहिलेसम्मको तयारी रहेको नीजि सचिवालय श्रोतले जनाएको छ। ओलीको मिर्गौला प्रत्यारोपणका क्रममा आवश्यक सहयोगका लागि भारतबाट पनि दुई सदस्यीय टोली काठमाडौंमा नै छ ।
प्रधानमन्त्री ओलीको पहिलो पटक प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्राडा अनन्तकुमार पनि नेपालमा रहेकाछन् ।
