विश्वको एकमात्र यस्तो मन्दिर जो झापाको शिवसताक्षीमा मात्र छ (हेर्नुहोस डकुमेन्ट्रि र शेयर गर्नुहोस)
विश्वभर कहि पनि नरहेको र झापाको शिवसताक्षीमा रहेको सताक्षी देबीको मन्दिर र यसको महिमासतासीधामको नामाकरणको बारेमा निम्नानुशार विभिन्न किम्बदन्तीहरू रहेका छन।
हिमालय पर्वतकी छोरी पार्वतीले उनको विवाह भगवान विष्णुसँग गरिदिन आँटेपछि भागेर लुकेको ठाउँ भनी सतासीधामलाई लिने गरिन्छ।
अर्को किम्बदन्ती अनुसार पाण्डवहरूको वनबासको अन्तिम समयमा एक वर्षको गुप्तबास बस्नु पर्ने भएको र सो गुप्तबास सफल होस् भनेर यस स्थानमा पाण्डवहरूले सत्ताक्षी देवीको आराधना गरेको हुँदा यस धामको नाम सत्ताक्षीबाट सतासी रहनगएको हो भन्ने भनाई छ।
पृथ्वीमा सुख्खा लागेपछि सतीदेवीले आफ्नो सयवटा आखाबाट एकैचोटि अश्रुवर्षा गरी खोलो बगाउदा तिनै देवीको नामबाट सतासी हुदै सतासीधाम रहेको भन्ने धार्मिक विश्वास छ।
भारतको तेजपुर (दिनाजपुर)बाट किराँती लिम्बु राजाले ८७ जना ऋषीमुनीहरूलाई गुरुको रूपमा लिएर पहाड तर्फ जान लाग्दा पहाडी क्षेत्रको जाडो ठाउँमा पुग्न गाह्रो भएकोले गुरुहरू यसै सतासीधामका गुफाहरूमा बसेर देवीको तपस्या गर्नु भएकोले ८७ जना ऋषीमुनीहरूको नामबाट सतासीधाम नाम रहन गएको हो।
अर्को किम्बदन्ती अनुसार सन्त हरितिल बाबाले सताक्षीधाम पत्तालगाई सकेपछि विसं १९८७ सालामा श्री ३ भीमसम्शेरको दरवारमा विन्ती पत्र चढाएकोले पनि ८७ सालबाट सतासीधाम नाम रहन गएको भन्ने गरेको पाइएको छ।
