२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ स्वास्थ्य बिमाले आम्दानी चौपट भएपछि दमकका औषधि पसलहरु लागु्औषधजन्य औषधि विक्री गर्ने स्थल बन्दै गएकाछन् । स्कूल तथा कलेजका विद्यार्थीहरु देखि लिएर बिभिन्न उमेर समुहका मानिसहरु औषधि पसलमा लागुऔषध जन्य औषधिहरु किन्न आउने गरेको बताईन्छ ।

सरकारले स्वास्थ्य बिमा लागु गरेको र दमकका अधिकाश अस्पतालमा स्वास्थ बिमा मार्फत नै निशुल्क औषधि उपलब्ध हुने भएपछि औषधिको ब्यवसाय चौपट रहेको छ ।

बेलामौका अनुगमन भएपनि सोर्सफोर्स र मोलमोलाइ गरेर रकम कुम्लाएर अनुगमनकर्ता जाने गरेको बताईन्छ । एक औषधि ब्यवसायीका अनुसार अहिले पहिलाको तुलनाम ७५ प्रतिशतभन्दा बढि ब्यापार घटेको छ । किन्न आएपछि जो सुकै आओस दिनु त पर्यो, ति ब्यवसायीले भने ।

केहि राम्रो औषधि पसलहरु बाहेक अधिकाँशले नै लागुऔषधजन्य औषधिहरु विक्री गर्दै आएकाछन् । प्रहरी तथा स्थानीय प्रशासनले यसमा चासो दिएको छैन । अनुगमन गर्दा ब्यवसायीको प्रतिनिधिमार्फत औषधि पसलहरुमा अनुगमन हुँदैछ भन्ने सूचना मिल्ने गरेपछि त्यस्ता औषधिहरु लुकाइने गर्छ ।