प्र.म. र समिक्षाको दीर्घायु जीवनको कामना- प्रधानमन्त्री ओलीको गृह नगर दमकमा दीर्घ जीवनको कामना गर्दै दीप प्रज्वलन
झापा क्षेत्र नं.५ का प्रतिनिधि सभा सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीको दीर्घ जीवनको कामना सहित बुधबार साँझ दमकमा दीप प्रज्वलन भएको छ । यसमा सबै पार्टीका प्रतिनिधि तथा संघसंस्थाका अगुवाहरुको उपस्थिति रहेको थियो ।
प्रदेश सभा सदस्य अर्जुन राइ, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, नेकपा झापाका अध्यक्ष चिन्तन पाठक लगायतले ओलीको शिघ्र स्वास्थ्य लाभको कामना सहित दीर्घ जीवनको कामना गरेका थिए । सो अवसरमा मिर्गाैलादान गर्ने समिक्षा संग्रौलाको पनि शु स्वास्थ्यको कामना गरिएको थियो ।




