२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

झापाको कमल गाँउपालिका वडा नं. ७ गेउरीया बजारका स्थायी बासिन्दा पुराना काटा ब्यवसायी एवं दानविर जयनारायण अधिकारीको निधन भएको छ । विहिबार नीजि निवासमा उहाँको निधन भएको हो । उहाँ केहि समयदेखि विरामी रहदै आउनु भएको थियो ।

अधिकारी झापाकै पुराना काँटा ब्यवसायीको रुपमा चिनीनुहुन्थ्यो । उहाँले जेष्ठ नागरिक प्रतिष्ठान, सिद्धेश्वरधाम लगायतलाइ जग्गा दानपनि गर्नु भएको छ । उहाँको पहलमा नै कमल गाँउपालिकाको सिद्धेश्वरधाममा गुरुकुल पनि सञ्चालनमा रहेको छ । छोरा युवराज अधिकारीका अनुसार शुक्रबार विहान १० बजे कन्काई नदीमा दाहसंस्कार गरिने छ ।