२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

भेडेटारबाट नजिकै रहेको धनकुटाको कार्कीछापमा बस दुर्घटना भएको छ ।

विरानगरबाट तेह्रथुम जाँदै गरेको को१ख २८२४ नम्बरको बस दुर्घटना हुँदा २७ जना यात्रु घाइते भएका धनकुटाका प्रहरी उपरीक्षक सुदर्शन कोइरालाले जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन‍् । प्रहरीले घटनाकाे अनुसन्धान थालेकाे छ ।