२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

झापाको दमक नगरपालिकाको छैटौ नगरसभा शुक्रबार सकिएको छ । बिभिन्न नीति नियम र कानुनहरु पारित गर्दै नगरसभा सकिएको हो । बिभिन्न बिषयगत उपसमितिहरुले प्रस्तुत गरेका प्रतिवेदनहरु पास भएकाछन् ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको शु स्वास्थ्यको कामनाको प्रस्ताव ल्याउनु भएको थियो । सर्वसम्मत रुपमाले उक्त प्रस्ताव पास भएको थियो ।

दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले अझ शशक्त र प्रभावकारी रुपमा जन अपेक्षा अनुसार काम गर्नु पर्नैमा जोड दिनु भयो । उहाँले विकास निर्माण लगायतको क्षेत्रमा थुप्रै परिवर्तन आएको सो अवसरमा बताउनु भएको थियो।