दमकमा घरघरमा अर्ग्यानिक तरकारी पुर्याउन घुम्ति पसल
झापाको दमक ३ मा रहेको मानसरोवर कृषि सहकारी संस्थाले मौसमि तथा बेमौसमि अर्ग्यानिक तरकारी उत्पादन गरेर उपभोक्ताको घरघरमा पुर्याउने अभियान शुरु गरेको छ । गाडिमा नै पसल थापेर दमकको चोकचोकमा घुमाएर अर्ग्यानिक शब्जि विक्रि गर्न शुरु गरेको हो ।
बजारमा बिषादि हालेको तरकारीको भाउमा नै उपभोक्ताले अर्ग्यानिक उत्पादन पाउनेछन् । सहकारीका अध्यक्ष विश्व बरालका अनुसार गाँउमा उत्पादन भएको शुद्ध अर्ग्यानिक उत्पादन शहरमा सहजै पाउने अवस्था मिलाईएको हो ।

