दमकमा आफ्नै संघर्षले स्थापित लोकप्रीय जनप्रतिनिधि एवं सामाजिक अगुवा भीम पौड्याल
दमक/दमकमा सामाजिक तथा राजनीतिक क्षेत्रमा भीम पौड्याल नौलो नाम होइन । पुरानो र स्थापित नाम हो । चाहे कुनै पदमा हुन् वा नहुन् सधै उनि स्पष्टबक्ताको रुपमा चिनिएकाछन् । दमक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष भीम पौड्याल दमक बजार अनुगमन समितिका संयोजक पनि हुन् ।
सामाजिक क्षेत्रमा हेर्ने हो भने दमकस्थित लाइफलाइन अस्पतालका सञ्चालकको भूमिकामाछन् । अन्य स्थानीय सामाजिक संघसंस्थाहरुमा पनि सक्रिय रहेकाछन् ।
जनप्रतिनिधि भएको करिब अढाइ बर्षको अवधिमा उनले आफ्नो वाडमा स्याब्बासी पाउने काम गरिरहेकाछन् । अनवरत रुपमा खटिने भएकाले पनि उनको वाडमा विकास निर्माणले राम्रो फड्को मारेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष रहेका उनको वाडमा विकास देखेर अन्य राजनीतिक दलका नेता तथा जनप्रतिनिधि पनि छक्क पर्ने गर्छन् ।
दमकको पुरानो सुनचाँदी लाइनको ब्यवस्थापनमा होस् या दमकको पशुहाटमा रहेको अतिक्रमण हटाउदाहोस आफ्नो वाड र मतदाता नभनि उनी सरकारी जग्गाको संरक्षणमा पनि लागेर जोखिम पनि मोलेकाछन् ।
राजनीति र स्थानीय तहलाइ कमाइ खाने माध्यम बनाइनु हुन्न भन्ने उनि दमकमा निक्कै दुख गरेर स्थापित बनेका हुन् । कुनै समय सामान्य मजदुरी गरेका उनले यहाँसम्म आइपुग्न कम संघर्ष गर्नु परेको छैन । मेरो पुरानो संघर्ष र इतिहास छरछिमेक एवं दमकबासीलाइ थाहा छ, उनि भन्छन् । पौड्याललाइ जन्मदिनको शुभकामना-विष्णुप्रसाद पोखरेल

