२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक सहित झापामा रहेका ओषधि पसलहरुले बढि नाफा र बोनसको लोभमा परेर औषधि व्यवस्था विभागको निर्देशनलाई लत्याउदै बिक्रि वितरण गर्दै आएको बताइन्छ । एकभन्दा बढी तत्व समावेश भएका भिटामिन वा टनिक किसिमका औषधि बिरामीलाई सिफारिस नगर्न चिकित्सकलाइ पनि निर्देशन दिईसकेको छ ।

दमकका केहि बाहेक अधिकाँश औषधि पसलहरुमा यसरी विक्री हुँदै आएको छ । आधा दर्जनभन्दा बढि कम्पनीको थोक विक्रेताको रुपमा नै यस्ता फुड सप्लिमेन्ट र डायटरी सप्लिमेन्ट विक्री गर्ने डिपो पनि दमकमा रहेको श्रोतको दाबी रहेको छ ।

विभागले जारी गरेको सूचनामा भनिएको छ “फुड सप्लिमेन्ट र डायटरी सप्लिमेन्टका नाममा यस्ता प्रतिवन्धित औषधिहरु फर्मास्युटिकल बनावट (ट्यावलेट–क्याप्सुल–सिरप) मा गरी गैरकानुनी रुपमा आयात गरी औषधी पसलहरुबाट विक्री वितरण भएको हुँदा यस्ता औषधि पैठारी, बिक्रीवितरण, संचय, परिवहन तथा बिरामीलाई सिफारिस नगर्न सबैमा जानकारी गराइन्छ ।”

औषधि व्यवस्था विभागमा दर्ता नभएका खाद्यपुरक सामग्री (डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्स) फार्मेसीबाट विक्री हुँदा उपभोक्ताहरु ठगिएकाछन् भने अनुगमन नहुँदा यस्तो कार्य गर्नेहरु मालमाल बन्दैछन् ।-विष्णुप्रसाद पोखरेल