वालबालिकालाई कोरनाबाट कसरी बचाउने ?
नेपालमा अहिलेसम्म कोरनाको संक्रमणको पुष्टि भएको छैन । तर सवैतिर सावधानी अपनाईएको छ । कुनै पनि महामारी फैलदा बालबालिका र जेष्ठ नागरिक पनि धेरै नै जोखिममा रहेका हुन्छन् । यसको कारण हो रोगसंग लड्ने प्रतिरोधात्मक क्षमताको कमी ।
लाइफलाइन अस्पताल दमकका वालरोग विशेषज्ञ नमराज पुरीका अनुसार वालबालिकाहरुलाइ रोग फैलिएको देश अर्थात हालसालै विदेशबाट आएका आफन्त तथा कोहि नातेदारबाट सोझै भेटाउनु हुन्न । पहिला त्यसरी आएको ब्याक्तिले कोरना भए नभएको जाँच गराउनु पर्छ ।
ज्वरो आएमा तथा कोरनाका लक्षणहरु देखा परेमा नजिकको अस्पताल तथा चिकित्सकलाइ देखाउन उनले आग्रह गरे । सामान्य र नियमित विरामीहरु पनि यसबाट डराउने गरेको भन्दै त्यसरी नडराउन उनले आग्रह पनि गरेकाछन् ।

