होला त कार्वाही ? झापामा गोरु काटेर मासु भाग लगाउदा लगाउदै दूइ पक्राउ
झापामा प्रहरीले गोरु काटेर मासु भाग लगाउदै गरेको अवस्थामा दुइजनालाइ पक्राउ गरेको छ । प्रहरीले २८ केजी मासु सहित दुइजनालाइ पक्राउ गरेर अनुसन्धान शुरु गरिएको जनाएको छ । इलाका प्रहरी कार्यालय काकडभिट्टाले घटनाबारे पठाएको विवरण यस्तो छ-
मिति २०७६।११।२७ गते मंगलबार रातको 12 वजेको समयमा गस्ती गर्दै जिल्ला झापा मेचीनगर न.पा. वडा नं. ५ तामाङटोल स्थित पुग्दा ऐ.ऐ. वस्ने वीर बहादुर आङदेम्वेको घर अगाडी आगनमा मासु काटी रहेको देखि शंका लागि मासु काटी रहेको अवस्थामा फेला परेका वीर वहादुर आङदेम्वे र सन्त कुमार राई नाम वताउँने व्यक्तिलाई सोधपुछ गर्दा निजहरूले जिउँदो गोरू काटी उक्त गोरूको मासूलाई आगनमा वसी टुक्रा पारी रहेको खुल्न आएको, उक्त स्थानमा टुक्रा पारेको अवस्थामा २८ किलोग्राम गोरूको मासु, पुछार, खुट्टा, कान सहितको छाला र मासु काट्न प्रयोग गरिने फलामको दाउ तथा काठको अचाना समेत वरामद हुन आएको हुदाँ निजहरू लाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ अन्तर्गत पशुपंक्षी सम्वन्धी कसुरमा थप अनुसन्धान भई रहेको छ ।
उल्लेखित कसूर अन्तर्गत कसैले गाई वा गोरू मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्नु वा गराउनु वन्देज गरिएको, यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद हुने कानूनी व्यवस्था रहेको छ ।
