कालो टोपी, हरियो ज्याकेट, खैरो पाइन्ट र कालो जुत्तामा हात हल्लाउँदै मुस्कान सहित अस्पतालबाट बाहिरिए प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएर मन्द मुस्कान सहित बालुवाटार फर्कनु भएको छ ।
त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुँदा प्रधानमन्त्री मन्द मुस्कानसहित हात हल्लाउँदै बाहिर निस्किनु भएको थियो।
कालो टोपी, हरियो ज्याकेट, खैरो पाइन्ट र कालो जुत्तामा हात हल्लाउँदै मुस्कान सहित गाडीमा प्रधानमन्त्री चढ्दा माहोल निक्कै भावुक बनेको थियो ।
प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको हो। यसअघि उनको १२ वर्ष पहिले भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।