किन्नु अघि उपभोग्य मिति हेरौ है ! दमकमा अधिकाँश पसलमा पेय पदार्थ र खाद्य पदार्थ एक्सपायर विक्रि हुँदै (भिडियो)
दमक । झापाको दमक बजार अनुगमनको क्रममा अधिकाँश पसल तथा सुपरमार्केटहरुमा उपभोग्य मिति सकिएका खाद्य सामाग्रिहरु विक्री वितरण भइरहेको पाईएको छ । खाद्य सामाग्रिहरुको अभाव हुन सक्ने भन्दै भ्रम फैल्यार उपभोग्य मिति समाप्त भएका सामाग्रिहरु बजारमा ल्याईएको हुनसक्ने पाईएको दमक नगर अनुगमन समितिका संयोजक भीम पौड्यालले बताउनु भएको छ ।
दमक नगरपालिका प्रमुख रोमनाथ ओली सहितको टोली बजार अनुगमन गर्ने क्रममा बालबालिकाले खाने बिभिन्न उत्पादन तथा अन्य खाद्य सामाग्रिहरु पनि उपभोग्य मिति समाप्त भएको पाईएको हो । १५ वटाभन्दा बढि पसल अनुगमन गर्दा सबैमा केहि न केहि उपभोग्य मिति समाप्त भएको खाद्य सामाग्रि भेटिएको छ, पौड्यालले भन्नुभयो ।
गर्मी मौसम शुरु भएको अवस्थामा पेप्सि, कोकोकला, फ्यान्टा ड्यु लगायतका चिसो पेय पदार्थहरु पनि उपभोग्य मिति समाप्त भएको पाईएको र त्यस्ता सामाग्रिहरु नष्ट गरिएको दमक नगरपालिकाका अधिकृत यज्ञ निरौलाले बताउनु भयो । बारम्बार सम्झाउदा पनि नभएपछि सामान उठाउन थालिएको हो, उहाँले भन्नुभयो ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बारम्बार अनुगमन गर्दा पनि उपभोग्य मिति समाप्त भएका सामाग्रिहरु भेटिएकाले अब त्यस्ता पसल तथा विक्रेताहरुलाइ कानूनी कार्वाही नै गर्नतर्फ नै लाग्नु पर्ने देखिएको छ । वालबालिकाले खाने उपभोग्य सामाग्रिमा झनै जटिलता देखिएको पाईयो, ओलीले भन्नुभयो ।-विष्णुप्रसाद पोखरेल
