२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

र्लाबारी । मोरङको उर्लाबारीमा दुई घर जलेर खरानी भएको छ । उर्लाबारी ८ स्थित आम्वारीमा सोमवार साँझ आगलागी हुँदा स्थानीय पवित्रा सुब्बा र नवीन सुब्बाको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

झापाको दमक र गौरादहवाट गएको दुई वटा दमकलले घरमा लागेको आगो २ घण्टापछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भई आगलागी भएको आशङ्का प्रहरीले गरेको छ । आगलागीबाट अन्दाजी २० लाख बढीको क्षति भएको प्रहरीले बताएको छ ।