बहुप्रतिक्षित ढुंगे चुलाचुली सडक अब बन्ने भो
दमक
झापाको वार्ड नं. ३ को पुरानो सडक ढुंगे चुलाचुली सडक ड्रेन सहितको कालोपत्रे हुने निश्चित भएको छ । वार्ड नं. ३ का वडाध्यक्ष नविन बरालका अनुसार स्थानीयहरु यसबाट खुसि भएकाछन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव इन्द्य्र भण्डारीको यसमा निक्कै ठुलो पहल कदमी रहेको स्थानीयहरुले बताएकाछन् ।
दमक ३ बाट शुरु भएको यो सडकले इलामको रवि सडक जोड्ने छ । ६० फिट चौडाईको करिब ४ किलोमिटर सडक ठेक्का प्रक्रियामा रहेको छ। ४० करोड लागत लाग्ने अनुमान रहेको छ । ड्रेन, फुटपाथ र कालोपत्रेको योजना अब चाँडै पुरा हुने विश्वास रहेको वाडाध्यक्ष बरालले जनाए ।
