२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमकको बालुवाटार आसपासको जग्गाको बिषयमा मुद्धा परेपछि पक्राउ पुर्जि जारी गर्नसाथ दमकमा नदेखिएका गगन पुरी अदालतमा हाजिर भएकाछन् ।

उनि अदालतमा हाजिर भएको आफैले फेसबुकमार्फत जानकारी दिदै अदालतको आदेशको सम्मान गर्ने जनाएकाछन् ।

उनले आफुलाइ सहयोग गर्ने र सदभाव दर्शाउनेप्रति पनि आभार प्रकट गरेकाछन् । अदालतको आदेश र थप विषय जानकारी प्राप्त भएको छैन ।

उनले स्टाटसमा लेखेकाछन्

म माथी लागेको आरोपको सन्दर्भमा आज म सम्मानित झापा जिल्ला अदालतमा उपस्थित भए।
अदालतको आदेशको सम्मान गर्दछु।
यस क्रममा सहयोग गर्नुहुने सम्पुर्ण कानुन ब्याबसायी , शुभ चिन्तक , पार्टी पन्क्ती ,आफन्त सबैमा हार्दिक आभार प्रकट गर्दछु।
आगामी दिनमा देश र जनता , राजनितिक जीवन , साङठनिक जीवन, सामाजिक र बिकासका क्षेत्रमा अझ कृयाशिल रहने प्रतिबद्दता ब्यक्त गर्दछु। धन्यबाद