१ लाख ८० हजार धरौटीमा छुटे गगन पुरी
झापा दमकका चर्चित राजनीतिकर्मी गगन पुरी धरौटीमा रिहा भएकाछन् ।
उनलाइ सरकारी जग्गा किर्ते गरेर आफ्नो नाममा पारेको लगायतका मुद्धाहरु लागेको थियो ।
उनले आफुलाई नियोजित रुपमा फसाईएको दाबी गर्दै आएका थिए ।
उनि शुक्रबार अदालतमा हाजिर भएपछि उनलाइ १ लाख ८० हजार धरौटी मागेको थियो । उनले त्यो धरौटी बुझाएकाछन् ।
अदालतले घटनाको प्रकृती हेरेर धरौटी माग गर्ने गर्छ ।
धरौटीको रकम सामान्य रहेको छ । पुरीको मुद्धा कमजोर रहेको यसबाट पुष्टि भएको छ ।
