२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

लायन्स क्लव अफ इन्टरनेशनल ३२५ ए वान (MD 325 A1)लाइ हाक्नका लागि सेकेण्ड भिडिजिका (2nd VDG )उम्मेद्वार कर्म गुरुङको प्रमोसनमा आएका लायन्स लिडर तथा टिमले तीनजनलाई संगै लैजान आग्रह गरेकाछन् । उनिहरुले पनि आफुहरुको टिमलाइ जिताउन आग्रह गर्दै लायन्समा नयाँ परिवर्तन ल्याउने सोचलाइ साथ दिन आग्रह गरे ।

फस्र्ट भिडिजि (1st VDG)लायन्स टंकबहादुर श्रेष्ठ,  सेकेण्ड भिडिजि (2nd VDG) लायन रेवतबहादुर कार्की र सेकेण्ड भिडिजि (2nd VDG )का उम्मेदवार कर्म गुरुङले लायन्सकर्मीहरुले कस्ले कति योगदान दिएको छ भन्ने बुझेको जनाउदै सहयोगका लागि अपिल गरेका थिए । दमकमा भएको एक कार्यक्रममा उनिहरुले दमक सहित पुर्वी नेपालमा आफुहरुले लायन्सको तर्फ सक्ने सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

माक्स र सेनेटाइजर बितरण

कोरोना भाइरसको संक्रमणबाट लायन्सकर्मीहरुलाइ बच्न आग्रह गर्दै सेनेटाइजर र माक्स पनि वितरण गरिएको थियो । सेकेण्ड भिडिजिका उम्मेदवार रेवतबहादुर कार्कीले कोरोना भाइरसबाट लड्न सक्ने शक्ति सबैमा प्रदानहोस भन्दै शुभकामना दिएका थिए । सचेतनाको रुपमा माक्स र सेनेटाइजर वितरण गरिएको उनले जनाए ।

खातिको घरमा लायन्स लिडरहरु

यसैगरी लायन्स कलव अफ दमक गोल्डका अध्यक्ष काशि खातीलाइ पितृशोक परेको प्रति लायन्स क्लव अफ इन्टरनेशनल ३२५ ए वानले दुख ब्यक्त गरेको छ । खातिका बुबा डम्बरबहादुरको ९१ बर्षको उमेरमा निधन भएको थियो । लायन्स लिडर लिला ढुंगेल सहित खातीको घरमा पुगेर मृतक बुबाप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो ।