सवैले पालना गरौ-चैत २१ गतेसम्म दमक बन्द
कोरोना भाइरसको सक्रमण जोखिम न्यूनिकरणका लागि दमक उद्योग बाणिज्य संघले मंगलवारदेखि अत्यआवश्यक बाहेक पसल तथा ब्यापार ब्यवसाय बन्द गर्न आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै बाणिज्य संघले यस्तो आग्रह गरेको हो । अध्यक्ष गोकुल श्रेष्ठका अनुसार पुर्व सावधानी अपनाउन जरुर भएकाले यो निर्णय गरिएको हो । अब कम्तिमा एकसाता दमक बन्द हुने छ ।

