दमक नगरबासीलाइ आपत् पर्यो ! टोल फ्री नम्बर १६६०-२३५८००० मा कल गर्नुहोस
दमक नगरपालिकाले कोरोना भाइरसको संक्रमण र त्रासलाइ मध्य नजरगर्दै पैसा नलाग्ने टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । लक डाउनको अवस्थामा घरमा नै बसेको समयमा समस्या हुन सक्ने भन्दै नगरपालिकालाइ जानकारी गराउनका लागि पैसा नलाग्ने टोल फ्री नम्बर बनाएको हो ।
पैसा नलाग्ने अर्थात टोल फ्री नम्बर १६६०-२३५८००० को ब्यवस्था गरेको छ । खाद्यन्न लगायत अभाव भएका विपन्न परिवारलाइ पनि नगरपालिकाले सहयोग गर्ने दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताएकीछन् । नगरपालिकाले नगरबासीका सहजताका लागि यो निर्णय लिईएको पनि अधिकारीले बताईन् ।
दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाका अनुसार नगरबासिले २४ घण्टा नै सेवा दिनका लागि कर्मचारी तथा स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहेकाछन् । कर्मचारीहरुलाइ हाई अलर्टमा घरमा नै बस्नका लागि आग्रह गरिएको पनि तिम्सिनाले जनाए ।
दमक नगर प्रमुख रोमनाथ ओलीले घरबाट ननिस्कन र लक डाउनको पुर्ण पालना गर्न नगरबासीलाई आग्रह गरेकाछन् । कुनै समस्या आएको अवस्थामा नगरबासीलाइ जस्तोसुकै सहयोग र सेवा प्रदान गर्न नगरपालिका तयारी अवस्थामा रहेको पनि उनले जनाएकाछन् ।
