संघीय साँसद एलपी साँवाले दिने भए एक महिनाको तलव, सुवास भट्टराईले १० बोरा चामल र राधिका ओझाले एक महिनाको तलव दिने
नेकपाका नेता एवं झापाबाट प्रतिनिधित्व गर्ने संघीय साँसद एलपी साँवाले एक महिनाको तलव कोरोना राहत कोषमा दिने भएकाछन् ।
कोरोना नियण्त्रण तथा ब्यवस्थापनमा सहयोग पुर्याउन उनले केन्द्रिय राहत कोषलाई एक महिनाको तलव उपलब्ध गराउने घोषणा गरेकाहुन् ।
उनले सवैको साथ र सहयोगले कोरोना भाइरसबाट हुनसक्ने मानविय क्षति न्यूनिकरण गर्न सकिने भएकाले सकेको सहयोग गर्न आग्रह पनि गरेकाछन् ।
यसैगरी दमकका ब्यवसायी एवं दमक जेसिजका पूर्व अध्यक्ष सुवास भट्टराईले १० बोरा चामल अति विपन्नलाइ उपलब्ध गराउने घोषणा गरेकाछन् ।
वार्ड नं. ५ वार्ड कार्यालयको सिफारीसमा उनले उक्त चामल दिइने सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेकाछन् ।
यसैगरी दमक बहुमुखि क्याम्पसमा प्राध्यापन पेशमा संलग्न राधिका ओझाले एक महिना बराबरको तलव राहतकोषमा प्रदान गर्ने जनाउनु भएको छ । आफ्नो जन्मदिनको अवसरमा उहाँले यस्तो बताउनु भएको हो ।
