लक डाउन पालना नगर्नेलाइ अब कार्वाही, झापा प्रहरीका प्रमुख कृष्णराज कोइरालाले सवै नागरिकलाइ गरे यस्तो आग्रह
झापामा मंगलवार अधिकाँश ठाँउमा आँशिक रुपमा लक डाउनकोल पालना नगरेको पाईएपछि जिल्ला प्रशासन कार्यालय झापाले यसको पुर्ण पालनाको आदेश दिएको छ ।
अन्यथा पक्राउ गरेर कार्वाही गरिने चेतावनी जारी गर्दै पालना गरेर सहयोग गर्न आग्रह गरेको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरका अनुसार कोरोना भाइरसको संक्रमण रोक्नका लागि यो प्रयास गरिएकाले यसलाइ पालना गर्ने आग्रह गरे ।
यसैबीच जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णराज कोइरालाले १५ दिनयता विदेशबाट आएकाहरु घरगाँउ र टोलमा भएमा नजिकको प्रहरी कार्यालय तथा जनप्रतिनिधिलाइ खबर गर्नका लागि अनुरोध गरेकाछन् ।
बुधबार विहान सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस हाल्दै कोइरालाले यस्तो आग्रह गरेकाहुन् । उनले लेखेकाछन्-
झापा जिल्लाका हरेक वडामा रहेका टोल बिकास समाजले कृपया आ आफ्नो टोलमा बिगत १५ िदन देखि बिदेश बाट आउनुहुने हरुको जानकारी नजिक को प्रहरी , जनप्रतिनिधि लाई दिई आफ्नै घरमा एकान्तबास मा बसिरहेकारहरुको अवस्थाको बारेमा जानकारी लिन प्रहरी लाई सहयोग गरौ। कतिपय लाई बिषयको गम्भिरता बुझाउन जरुरी देखिएको छ आ आफ्नो स्थानबाट योगदान गरौ।
