दमकमा कसैलाइ कोरोना संक्रमण भएको छैन-गीता अधिकारी
विष्णुप्रसाद पोखरेल
दमक/ झापा दमकमा एकजना कोरोना भाइरसका विरामी भेटिएको भन्दै भ्रम छरिएपछि यसले त्रास पैदा भएको छ ।
दमकबाट एकजनालाई ज्वरो आएपछि उपचारका लागि धरान लगिएपनि कोरोना नभएको भन्दै घरमा नै बस्न भनेर पठाएको बताईन्छ ।
अहिलेसम्म कसैलाइ पनि कोरोनाको संक्रमण भएको छैन, दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले प्रभावकारी न्यूजलाइ भनिन् ।
एकजनालाइ विपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान पठाईएको हो तर घर फिर्ता पठाएको छ, अधिकारीले भनिन् ।
यसैबीच दमकमा ९ जनालाइ क्वारेन्टाइनमा राखिएकोमा दुइजना मेचीनगरको भएकाले उतै क्वारेन्टाइनमा गएकाछन् । ।
दमक नगरपालिका स्वास्थ्य शाखा स्वास्थ्य निरिक्षक बद्रि बरालका अनुसार दाहाल प्रतिष्ठान र मानसरोवर कलेजमा बनाईएको क्वारेन्टाइनमा उनिहरु रहेकाछन् ।
दुइ वटा परिवार यहाँ रहेको छ र्। उनिहरुको अवस्था सामान्य रहेको छ ।
भारतबाट आएका नेपाली र दूइ जना प्रहरी रहेकाछन् ।
उनिहरुको स्वास्थ्य अवस्था राम्रो छ र केहि पनि डराउने अवस्था छैन, बरालले प्रभावकारी न्यूजलाइ भने ।
क्वारेन्टाइनमा सम्भावित जोखिमबाट बच्नलागि बस्ने र राख्ने गरिएको छ ।
आफ्नो परिवारको सुरक्षाका लागि उहाँहरुले नै बस्ने भन्नु भएको हो, बरालले भन्नुभयो । क्वारेन्टाइनमा सवै बन्दोबस्त मिलाईएको उनले जनाए ।
