भोली देखि दमककमा लकडाउन अटेर गर्नेलाइ डन्डा ! सवारी साधनको चाबी थुतेर प्रहरीले राख्ने
विष्णुप्रसाद पोखरेल
दमक/ प्रहरीले लकडाउनको पालना गराउनका लागि दमकमा अव कडा गर्ने भएको छ । विहिबार साँझदेखि नै प्रहरीले पसलहरु बन्द गराउन अनुरोध गर्दै दमक बजारमा गस्ति गरेको थियो । कोरोना संक्रमणको जोखिम कम गर्नका लागि प्रहरीले कडाई शुरु गरेको हो । अब कडा रुपमा प्रस्तुत हुने उनले संकेत गरेकाछन् ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख बिजयराज पंण्डितका अनुसार बुधबार पनि कडाई गर्दै ५ दर्जनभन्दा बढि मोटरसाइकल तथा सवारी साधनको चाबी नियण्त्रणमा लिईएको थियो । विहिबार थप कडा हुन्छ र लक डाउनको पुर्ण पालनका लागि म नगरबासीलाइ अनुरोध गर्छु, प्रभावकारी न्यूजलाइ पंण्डितले भने ।
अब नियण्त्रणमा लिईएका सवारी साधनको चाबी सरकारले तोकेको लक डाउन खुलेपछि दिइने पनि उनले जनाए । प्रशासनको आदेश र सरकारले गरेको लकडाउन घोषणा पालना नहुँदा कोरोना भाइरस संक्रमणको त्रास रहेको छ ।
यसैगरी दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले लक डाउनको पालना गर्न आग्रह गरेकाछन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै त्यस्तो आग्रह गरेकाहुन् । उनले लेखेकाछन् –
आदरणीय नगरबासी दाजुभाई दिदिबैनीहरु!!
सरकारले घोषणा गरेको लक डाउन लाई प्रभावकारी बनाउन प्रहरी , प्रशासनले जनशक्ति, श्रोत र साधनले भ्याए सम्म भरमग्दुर प्रयास गरी रहेको छ । बिना काम रमिता हेर्न वाहिर निस्कने वा मामूली कामको वहाना बनाएर रमिता हेर्न निस्कनेहरूले तपाईहरूको घर छिमेकमा कोरोना भाईरस बोकेर लान सक्छन । त्यसैले बिना काम सडकमा टहलिनेहरूलाई नागरिक स्तरबाट पनि घरभित्रै बस्नका लागि खवरदारी गर्नुपर्ने देखियो । सबैको सामुहिक प्रयत्नबाट मात्र कोरोना बिरूद्दको लडाई जित्न सकिन्छ । कोरोना भाईरस संक्रमण बिरुद्दको अभियानमा सबै एकजुट होऔं !!!
