खुसिको खबर- कोरोना भाइरसको संक्रमण भेटिएकी युवती चढेको बिमानमा आएका एक झापालीलेको स्वाव परिक्षण नेगेटिभ
दमक/ काठमण्डौमा कोरोना भाइरसको संक्रमण भेटिएकी युवती चढेको बिमानमा नै आएका एक झापालीलाइ कोरोना भाइरसको सक्रमण नभएको पुष्टि भएको छ ।
झापा गौरादहका एक ब्याक्तिलाइ मेची अञ्चल अस्पतालको आइसुलेसनमा राखेर उपचार हँुदै आएको थियो ।
गौरादह नगरपालिका वडा नं ९ का स्थायी बासिन्दा रहेका एक ब्याक्तिको स्वाव परिक्षणमा गर्दा कोरोना नेगेटिभ देखिएको गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताएकाछन् ।
उनि मेची अञ्चल अस्पतालमा रहेकाछन् ।
