वाह ! दुर्गा प्रशाई, १ सय बेडको आइसियु, ८ सय नर्मल बेड, २५ वटा भेन्टिलेटर सहित ५ सय शैयाको क्वारेन्टाइन बनाउन तयारी भवन सरकारलाई
विष्णुप्रसाद पोखरेल
दमक/ प्रदेश कै सुविधा सम्पन्न बिर्तामोडको बिएण्डसी अस्पताल कोरोना भाईरसको संक्रमणको आंशका भएकाहरुको उपचारका लागि सरकारलाइ उपलब्ध गराउने घोषणा भएको छ ।
यसका कार्यकारी निर्देसक दुर्गा प्रशाईले अति आवश्यक सामाग्रि तथा किट नभएका कारण आफुहरुले चाहेर पनि संक्रमणका आंशका भएकाहरुलाई सेवा दिन नसकेको भन्दै सरकारले उपयोग गर्न सक्ने बताए ।
कोरोना भाइरसको खतरा नटरेसम्मका लागि अस्पताल सरकारलाइ उपलब्ध गराउन तयार छु, प्रशाईले भने ।
१ सय बेडको आइसियु, ८ सय नर्मल बेड, २५ वटा भेन्टिलेटर सहित ५ सय शैयाको क्वारेन्टाइन बनाउन तयारी अवस्थामा अर्को भवन पनि रहेको र सवै उपलब्ध गराउने आफु तयार रहेको प्रशाइले बताए ।
लामो समय देखि मेडिकल कलेजको स्वीकृतीका लागि सरकारसँग माग गरिरहेको यस विएण्डसी टिचिड्ग हस्पिटल जन स्वास्थ्य माथी खेलवाड गरेको रुचाउँदैन र हामी यस्तो विषम परिस्थितीमा चुप रहन सक्दैनौ त्यसैले यस हस्पिटलको सम्पुर्ण खर्च व्यवस्थापन गर्ने गरि आजैका मिति वाट सरकारले कोरोना भाइरस विरुद्धका सवै उपचार पद्धती सुरु गर्न आग्रह गर्दछौ, प्रशाइले भने ।
प्रदेश १ कै सुविधा सम्पन्न अस्थायी कोरोना भाइरसको अस्थाइ अस्पताल बन्न सक्छ र यसतर्फ ध्यान जान जरुरी रहेको छ ।
कोरोना भाइरस नियण्त्रणका लागि अस्पताल र प्रशाईको यो घोषणा अहिलेसम्मकै ब्याक्तिगत तथा संस्थागत तर्फ समभवत सबैभन्दा ठुलो हो ।
प्रेस विज्ञप्ती
यतिवेला विश्व कोरोना कोभिड १९ (COVID-19) भाइरसले विश्वका १ सय ९० देसका झण्डै ५ लाख ३५ हजार जनता संक्रमीत भएकाछन् भने २४ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । चिनको ह्वानमा (Wuhan) करिव १ सय दिन अघि देखा परेको यो माहामारीका कारण १६ हजार जना भन्दाधेरै जिवन मरणको दो साँधमा उपचाररत छन् । नेपालमा पनि यो रोगको संक्रमण ३ जनामा देखिएको र सयौ क्वारेन्टाइनमा (Quarantine) रहेको अवस्था छ । देस लकडाउनको (lockdown) चपेटामा रहेको छ ।
यो विषम परिस्थितिमा नेपालकै एक मात्र नमुना तथा सुविधा सम्पन्न अत्याधुनिक विएण्डसी टिचिड्ग हस्पिटल प्रति कोभिड १९ (COVID-19) को उपचार हुनुपर्ने जनताको आसा स्वभाविक हो र हामी प्रतिको विस्वास नै हो । हामी पनि सर्वसाधरण र जुनसुकै रोगको संक्रमण भएकाहरुको उपचार गर्न सक्षम र अब्वल छौ ।
तर यो विषम परिस्थितीमा हामीले चाहेर पनि कोभिड १९ (COVID-19) उपचार गर्न चाहादा चाहादै पनि निजि अस्पताल र संस्थाले खरिद गर्न नसक्ने र सरकारले मात्र उपलब्ध गराउन सक्ने किड्स (kits) र पिपि सेट (PP set) उपलब्ध नभएका कारण हामी यो उपचार गर्न र परिक्षण गर्न सकिरहेका छैनौ ।
सरकारसँग यस विएण्डसी टिचिड्ग हस्पिटलले पटक पटक किड्स (kits) र पिपि सेट (PP set) एन ९५ (N-15) माक्स माग गरिरहेका छौ तर उपलव्ध गराउँन नसकेको जानकारी गराउन चाहान्छौ । यदि सरकारले यो विषम परिस्थितिमा कोरोनाको उपचार र परिक्षणका लागि यो हस्पिटल उपयोग गर्न चाहान्छभने हामी दिन तयार छौ ।
लामो समय देखि मेडिकल कलेजको स्वीकृतीका लागि सरकारसँग माग गरिरहेको यस विएण्डसी टिचिड्ग हस्पिटल जन स्वास्थ्य माथी खेलवाड गरेको रुचाउँदैन र हामी यस्तो विषम परिस्थितीमा चुप रहन सक्दैनौ त्यसैले यस हस्पिटलको सम्पुर्ण खर्च व्यवस्थापन गर्ने गरि आजैका मिति वाट सरकारले कोरोना भाइरस विरुद्धका सवै उपचार पद्धती सुरु गर्न आग्रह गर्दछौ ।
कोभिड १९ (COVID-19) को माहामारी फैलिइरहेको वेलामा सरकारले स्वास्थ्यकर्मी र डाक्टरहरुलाइ अत्यावस्यक आधारभुत उपकरण र वस्तुहरु उपलव्ध गराउन सकेको छैन । हामीले खरिद गछौ भन्दा समेत पाएका छैनौ । तर यस अस्पतालमा कार्यरत सवै स्वास्थ्यकर्मी र डाक्टरहरुले आप्mनो ज्यान जोखिममा राखेर उपचारमा संलग्नरहि रहनुभएको प्रति आभार र धन्यवाद दिन चाहान्छौ ।
देसमा विषम परिस्थिती हुँदा समेत स्वस्थ्य क्षेत्रमा प्रतिकुल अवस्था देखिदा समेत आज निजि स्वास्थ्य संस्थाले प्रभावकारी भुमीका निर्वाह गर्न नसक्नु पर्ने कारण भनेकै सरकारले निजि स्वास्थ्य शिक्षा र उद्योग लाइ सौतेनी व्यवहार गर्नू नै हो । यस्तो समयमा निजि संस्था र सरकारले हातेमालो गरेर जानुनै अन्तिम विकल्प र समाधान हो यसलाइ समेत आगामी दिनमा सरकारले मध्य नजर गर्ने छभन्ने विषयमा हामी विश्वस्त छौ ।
कार्यकारी निर्देसक
दुर्गा प्रसाइ

