२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ सामाजिक सञ्जालमा अतिरञ्जित सामाग्रिहरु पोष्ट गर्नेलाई दमक प्रहरीले पक्राउ गर्न थालेको छ ।

कोरोना भाइरसको बिषयमा नगरबासीलाई आंतकीत बनाउने किसिमको स्टाटस तथा भिडियो बनाउनेहरुलाइ प्रहरीले पक्राउ गर्न थालेको हो ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख विजयराज पंण्डितका अनुसार यस्तो भ्रम नछर्नका लागि अनुरोध गरिएको छ ।

सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कडाभन्दा कडा कार्वाही हुनसक्छ, प्रभावकारी न्यूजसंग डिएसपी पंण्डितले भने ।

दमक ७ मा कोरोनाको बिरामी रहेको र कसैले पनि वास्ता नगरेको भन्दै कुमार राईले भिडियो बनाएको भन्दै उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

यसैबीच वडा नं. ७ का वडाध्यक्ष भीम पौड्यालका अनुसार कोहि पनि कोरोना भाइरसको संक्रमणका विरामी वार्डमा छैनन् ।

एकजना टिभिका विरामी रहेको र उनलाइ नगरपालिकाको एम्बुलेन्सले नै धरानसम्म पुर्याएको उनले जनाएकाछन् ।

भ्रम छरेर यस्तो अवस्थामा नगरबासीलाई आंतकीत बनाउनेलाई कार्वाही गर्नुपर्छ, उनले भने ।

वार्ड तथा नगरबासीको स्वास्थ्यमा आफुहरु चिन्तित र संवेदनशिल रहेको उनले जनाए ।