२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

झापाको दमकले कोरोना भाइरस संक्रमणको रोकथामका लागि सबै शक्ति प्रयोग गरिरहेको छ ।

जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानीय प्रशासन यसमा खटिएर लागेको छ ।

पछिल्लो सूचना अनुसार दमकमा रहेका दूइवटा क्वारेन्टाईनमा ७ जना रहेकाछन् । उनिहरु सवैको अवस्था राम्रो रहेको छ ।

नगरपालिकाले सााझ अहिलेसम्मको प्रगती विवरण सार्वजनिक गर्दै भनेको छ-

दमक नगरपालिकाले स्थापना गरेको दमक ४ स्थित  दुईवटै क्वारेन्टाईनको अवस्था सन्तोसजनक छ ।

दाहाल प्रतिष्ठानमा रहेका २ जना प्रहरी र २ जना आमा छोरीको स्वास्थ्य सामान्य रहेको छ ।

दमक ४ कै मानसरोवर ईन्टिच्युट अफ साईन्स एण्ड टेक्नोलोजी कलेजमा रहेको २ जना दम्पती र एकछोराको अवस्था सुधारोन्मुख छ ।