२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ जनप्रतिनिधिहरुले केहि नै गरेनन् भन्ने धेरैलाइ लाग्थ्यो । स्थानीय तह र बिभिन्न तहका सरकार किन चाहियो भनिन्थ्यो तर अहिले यसको महत्व बुझ्ने समय आएको छ । कोरोना भाइरसको संक्रमण हाम्रो जस्तो देशमा बढेमा यसलाइ रोक्न ठूलो चुनौती छ । विकसीत र आफुलाइ विश्वको शक्तिशाली मान्ने र मानिएका अमेरिका, चीन, भारतजस्ता देशमा पनि यो भाइरसको संक्रमणले सताएको छ ।

नेपालमा यसको संक्रमण रोक्न सरकारले लक डाउन गरेर एउटा राम्रो काम गर्यो । स्थानीय र प्रदेश सरकारले क्वारेन्टाइन बनाएर सम्भावित जोखिममा रहेका विदेशबाट आएकाहरुलाइ राखिरहेको छ । यस्ता नागरिक खोज्न जनप्रतिनिधि आफै गाँउगाँउ घुमिरहेकाछन् । दमकमा पनि यो सक्रियता रहेको छ । नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी सहित वाडध्यक्ष र वार्डसदस्यरु पनि हिडेकाछन् । जुटेकाछन् ।

यो समय दमकमा जनप्रतिधिसंगै प्रहरी र स्वास्थ्यकर्मीहरुले मोलेको जोखिमको कुनै मूल्य छैन । क्वारेन्टाइनमा होस या सडकमा होस् उनिहरु अगाडि नै छन् । अब अति विपन्नको घरमा अत्यआवश्यक सामाग्रि पुर्याउन लगत संकलन पनि शुरु भएको छ । यो अर्को सकारत्मक पक्ष छ ।

यसैबीच दमक नगरपालिकाले दमकलको प्रयोग गरेर बजारक्षेत्रमा किटनाशक औषधि छर्केने कामको शुरु गरेको छ । नगरपालिकाले भनेको छ- आज मिति २०७६ साल चैत १४ गतेका दिन दमक नगरपालिकाले बारुण यन्त्रमा भाइरस बिरुद्धको बिषादी दमक बजार क्षेत्रमा छर्किने कार्य गरिएको छ । यो कार्यलाई निरन्तरता दिईनेछ ।