२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक । लक डाउनमा झापाका प्रमुख शब्जि बजारहरु बन्द भएकाले फाट्टफुट्ट खुलेका शब्जि पसलहरुले उपभोक्तालाइ बजारमूल्य भन्दा बढि लिने गरेको पाईएपछि झापाका दूईवटा कृषि सहकारी संस्था तथा फर्महरुले घरघरमा शब्जि पुर्याउने घोषणा गर्दै काम शुरु गरेकाछन् ।

स्थानीय प्रशासन र सरकारसंग समन्वय गरेर उनिहरुले माग अनुसार आफुहरुले उत्पादन गरेको अग्र्यानिक उत्पादन घरघरमा पुर्याउन थालेकाहुन् । दमकस्थित मानसरोबार कृषि सहकारी संस्थाले दमक नगरपालिकासंग अनुमति लिएर अग्र्यानिक रुपमा उत्पादन गरिएको आलु, टमाटर, साग, कुरिलो, काँक्रा लगायतका दैनिक उपभोग्य सामाग्रिहरु घरघरमा लैजान शुरु गरेको हो ।

संस्थाका ब्यवस्थापक महेन्द्र अधिकारीका अनुसार जति माग्यो त्यहि नदिएर कमसेकम एक परिवारमा ३ दिनदेखि ४ दिन पुग्ने गरी उपलब्ध गराउछौ, उहाँले भन्नुभयो । दैनिक १ सय घर पुर्याउदा झण्डै एकसातामा ५ देखि ७ सय घरपरिवारसम्मलाइ आफुहरुले सेवा दिन सक्ने उहाँले जनाउनु भयो । हामी आफु सुरक्षित भएर र सुरक्षाका सवै उपाय अपनाएर उपभोक्ताको घरको गेटसम्म पुग्ने छौ, उहाँले भन्नुभयो ।

आफुहरुले दमकमा गरेको खेती र झापाको गौरादहस्थित महारानीझोडा साना किसान सहकारी संस्थाको सामुहिक खेतीबाट उत्पादन भएका अग्र्यानिक उत्पादन उपभोक्तासम्म सिधै पुग्ने भएकाले बजारमूल्य भन्दा करिब ४० देखि ५० प्रतिशतसम्म सस्तो पुग्नेछ । बजारमा केहि दिन यता अस्वभाविक रुपमा मूल्य बृद्धि भएको छ ।

सिमित समयमा किनमेलका लागि निस्कदा यसले कोरोना भाइरसको संक्रमणको जोखिम पनि बढाएले यो निर्णय लिईएको मानसरोवर कृषि सहकारी संस्थाका अध्यक्ष विश्व बरालले बताउनु भयो । हामी नाफामुखि नभएर सेवामुखि रुपमा यो कठिन अवस्थामा उपभोक्ता तथा आफ्ना सदस्यहरुलाइ सेवा दिन चाहान्छौ, बरालले भन्नुभयो ।

यसैगरी अर्जुनधाराको मामा–भाञ्जा सिर्जनशील कृषि फार्मले घरघरैमा ताजा तरकारी उपलब्ध गराउन थालेको छ । पास लिएको गाडि मार्फत घरघरमा तरकारी उपलब्ध गराउन थालेको बताईएको छ । फार्मका सञ्चालक निर्मल अधिकारीका अनुसार आलु, टमाटर, बोडि, करेला, कोपी लगायतका सामाग्रिहरु उपभोक्तासम्म पुर्याइदैछ । माग धेरै भएको तर निश्चित ठाँउमा मात्र जान सकिएको पनि उहाँले जनाउनु भयो ।