झापामा लकडाउन उल्लंघन गर्नेलाइ च्याप्प पक्रेर क्वारेन्टाइनमा राख्न शुरु
घर बाहिर निस्कदै हुनुहुन्छ भने होशियार रहनु होला ।
अब प्रहरीले लक डाउनको पालना नगर्नेलाइ पक्राउ गरेर क्वारेन्टाइनमा लैजाने भएको छ ।
झापाको मेचीनगरबाट यो कार्य शुरु भएको छ ।
मेचीनगरमा लक डाउन बिर्सेर निस्कने तथा घुमन्तेका लागि बेग्लै क्वारेन्टाइन बनाईएको पाईएको छ ।
सोमबारदेखि नै यो कार्य शुरु भएको छ ।
इलाका प्रहरी कार्यालय काकडभिट्टाले १० जनालाइ पक्राउ गरेर क्वारेन्टाइनमा लगेर राखेको बताईन्छ ।
