सधै झै अस्पताल खोल र सेवा देउ, मान्छे नमार
विष्णुप्रसाद पोखरेल
कोरोना भाईरसको संक्रमणको भयका कारण यतिखेर मूलक लकडाउनको अवस्थामा रहेको छ ।
सरकारले अत्यआवश्यकीय सेवा बाहेक सबै क्षेत्र बन्द गर्न भनेको छ ।
तर अत्यआवश्यक सेवा दिइने नीजि अस्पतालहरु घोषित रुपमा नभएर अघोषित रुपमा बन्द भएकाछन् ।
ओपिडि सेवा बन्द भएकाछन् । जसले गर्दा विरामीहरुले समस्या भोगिरहेकाछन् ।
अव कोरोनाका कारण नभइ अन्य विरामीका कारण मान्छेहरु मर्ने अवस्था सिर्जना हुन लागेको छ ।
गेटमा ज्वरो नाँप र अधिक ज्वरो आएकालाई ज्वरो क्लिनिकमा जाँच गर ।
तर सामान्य अवस्था र अन्य विरामीहरुलाई ओपिडिमा उपचार गराउदा किन हुन्न र ? सहज रुपमा उपचार त पाउनु पर्छ जून मौलिक हक हो ।
अझ सर्वोच्च अदालतले नीजि अस्पतालहरुलाइ पनि कोरोनाका विरामी समेत उपचार गर्न भनेको छ ।
यो अवस्थामा डाक्टरहरु अस्पतालमा नभेटिनु चिन्ताको बिषय हो ।।
दमक सहित झापामा अधिकाँश चिकित्सकहरु विदामाछन् ।
यो अवस्था अन्त्य हुनुपर्छ ।
सधा झै अस्पतालहरु खुल्न पर्छ ।
अझ अब जाडोबाट गर्मि मौसम शुरु भएकाले विरामीहरुको संख्या बढ्छ ।
यसले गर्दा यसतर्फ सबैको ध्यान जानु जरुरी छ ।

