संविधान सभा सदस्य दीपक कार्कीद्धारा जन्मदिनको अवसरमा ११ हजार राहत कोषमा प्रदान
संबिधानसभा सदस्य एवं झापाका राजनीतिक्ष दीपक कार्कीले आफ्नो जन्मदिनको अवसर पारेर स्थानीय गौरादह नगरपालिकाले कोरोना भाइरसको संक्रमण रोक्न तथा यसका कारण अप्ठेरोमा परेकाहलाई सहयोग गर्न बनाईएको राहत कोषमा ११ हजार उपलब्ध गराउने भएकछन् ।
नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले दिएको जानकारी अनुसार कार्कीले यो रकम उपलब्ध गराउने बताएकाहुन् ।
कार्की गौरादहका स्थानीय बासिन्दाहुन् । गौरादह नगरपालिकाले अति विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने परिवारलाइ राहत प्रदान गर्दैैछ ।
लक डाउनका कारण समस्यामा परेका परिवारलाइ सोहि राहत कोषको रकमबाट खाद्यन्न उपलब्ध गराउने छ ।
