२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ झापाको दमकमा ब्यवसायीक तथा सामाजिक क्षेत्रमा आफ्नो उचाई दर्विलो बनाएका सुवासचन्द्र भट्टराईले आफ्नो छोरा आर्शिबाद भट्टराईको जन्मदिनमा दूई वटा विपन्न परिवारलाइ नगद् ५० हजार सहयोग गर्ने घोषणा गरेकाछन् ।

उनले २५ हजार लघुबित्तको रिणले थलिएकी दमक ५ की उर्मिला कुमाललाइ २५ हजार प्रदान गर्ने र बाँकी २५ हजार दमक जेसिजमार्फत यस्तै एउटा गरिव परिवारलाई प्रदान गर्ने सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकाछन् ।

भट्टराई पछिल्लो समयमा दमकमा रहेर शेयरको कारोबार गर्दै आएकाछन् ।उनले आफ्नो विवाह पनि फरक रुपमा गरेका थिए ।

उनको विवाह खर्च बिभिन्न सामाजिक काममा खर्चिएको थियो । उनले यो नयाँ किसिमको सन्देश दिएकाछन् ।

अति विपन्न समुदायका लागि सक्षम नागरिकले यस प्रकारको सहयोग गर्दा उनिहरुको जीवनस्तर धोरै भएपनि उस्कन सक्छ ।

भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्-

कोरोनाले गर्दा परेको विषम परिस्थितिको यो समयमा हाम्रो छोरो आशिर्वाद भट्टराईको जन्मदिनको सम्पूर्ण खर्च रु ५०,०००:मध्ये २ अति बिपन्न परिवारलाई २५०००/२५०००को सहयोग गर्ने निर्णय गरियो। लघुबितको रिनले थलिएकी उर्मिला कुमाल(दमक५)को परिवारलाई २५००० र दमक जेसिजले खोजी गरि अति बिपन्न परिवारलाई २५००० दिन दमक जेसिजलाई यो रकम दिनेछु। (नोट::: कोरोनाको कारण मलाई पनि आर्थिक नोक्सान भएको छ। )