२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ कोरोनाको त्रास भइरहेको समयमा दमकका नीजि अस्पतालहरुलाइ लायन्सकर्मी तथा सामाजिक अगुवा युवाहरुले केहि थानपिपीइ ड्रेस (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) प्रदान गरेकाछन् ।

दमकको निम्स, एडभान्स अस्पतालमा बुधबार पिपीई बितरण गरेका थिए ।

यसको अगुवाई गरेका बिमल शर्माका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीहरु त्रासमा काम गरिरहेको पाईएकाले केहि न केहि सहयोग पुगोस भनेर वितरण गरिएको हो ।

विहिबार लायन्सकर्मी एवं सामाजिक अभियान्ता नविनकुमार अग्रवालले नीजि दमक अस्पतालाई १ थान पिपीइ उपलब्ध गराएकाछन् ।

अस्पतालका सञ्चालक सिपी गैरेले यो अत्यआवश्यक पिपीइ उपलब्ध गराईएको भन्दै आभार प्रकट गरेका थिए ।

लायन्सकर्मी विवेक बजगाँई र बिमल शर्माको पनि उपस्थिति रहेको थियो ।