दमक प्रहरी कडा रुपमा प्रस्तुत हुँदै ९३ सवारी साधन नियण्त्रणमा, बाहिर ननिस्कन डिएसपी विजय पण्डितको आग्रह (भिडियो)
दमक/ विहिबार साँझ इलाका प्रहरी कार्यालय दमकले लक डाउन पालना नगर्नेमाथि निगरानी बढाउदै अत्यआवश्यक बाहेकका हिडडुल गर्नेको सवारी साधन नियण्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख विजयराज पंण्डितका अनुसार ७७ वटा बाइक र १वटा टेम्पो नियण्त्रणमा लिईएको छ ।
विहानदेखि ९३ सवारी साधन नियण्त्रणमा लिईएको पनि बताईएको छ ।
अत्य आवश्यक बाहेक बाहिर ननिस्कन पंण्डितले आग्रह गरेकाछन् ।
यो कसैले आह्वान गरेको बन्द जस्तो होइन र महामारी फैलनबाट रोक्नका लागि राज्यले घोषणा गरेको लकडाउन हो, पंण्डितले भने ।
यो सबैले र सबै समयमा पालना गर्नु पर्ने उनको भनाई छ ।
दमकम अत्याअवस्यक बाहेक हिडेमा प्रहरी फन्दामा । DSP-Vijayaraj Pandit
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Thursday, 2 April 2020
