२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बिना भेदाभाव सवै गरिव तथा अति विपन्नको घरघरमा खाद्यन्न पुर्याउने बताएकाछन् ।

शुक्रबार नगरपालिका परिसर भित्र नै चामल जोख्दै झोलामा हाल्दै गरेको अवस्थामा भेटिएका मेयरले यस्तो प्रतिबद्धता जनाएकाहुन् ।

उनि विहान ७ बजेदेखि बेलुका अबेरसम्म खाद्यन्न ब्यवस्थापनमा लागेका हुन् ।

जब नगरपालिकामा मेयर रोमनाथ ओली यसरी चामल हाल्दै गरेको अवस्थामा भेटिए

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Friday, 3 April 2020

बाहिर हल्ला जे भएपनि हामी भेदभाव रहित रुपमा अति विपन्न सवैलाई खाद्यन्न घरघरमा पुर्याउछौ, प्रमुख ओलीले भने ।

अहिलेको अवस्थामा नागरिकता वा प्रमाण खोज्ने भन्दा पनि कोहि पनि भोकै नबसोस भन्ने आफुहरुको चाहाना रहेको उनले जनाए ।

दमकभित्र कोहि पनि भोकै रहदैन र यसका लागि नगरपालिका लागि परेको छ,उनले थपे ।

ओलीले नगरभित्र कोहि पनि भोकै नरहने दाबी गरे । यो अवस्थामा खाद्यन्न पुर्याउनु आफुहरुको कर्तब्य भएको पनि उनले जनाए ।

लकडाउनका कारण खाद्य अभाव झेलेका नगरबासीलाइ एक महिनाको लागि खाद्य सामाग्रि नगरपालिकाले उपलब्ध गराउदैछ ।

जब नगरपालिकामा मेयर रोमनाथ ओली यसरी चामल हाल्दै गरेको अवस्थामा भेटिए

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Friday, 3 April 2020