२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

नागरिकता वा भोटरकार्ड खोजिएको भन्ने कुरामा सत्यता नरहेको उनले जनाईन्

विष्णुप्रसाद पोखरेल

दमक/ दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले कोरोना भाइरसको संक्रमणबाट नागरिकलाइ जोगाउन भएको लकडाउनले दैनिक जीवनयापनमा समस्या भएकाहरुलाइ आज देखि नै राहत वितरण शुरु भएको जनाएकीछन् ।

उनले कसैको अनुहार हेरेर नभएर आवश्यकताका आधारमा सवैलाइ राहत उपलब्ध गराईने बताएकीछन् ।

वार्डबाट आएको सिफारीस अनुसार राहत दिइने र कोहि छुटे उनिहरुले पनि राहत पाउने उनको भनाई छ ।

कम्तिमा पनि एक महिनालाइ पुग्ने गरी राहत ब्यवस्थापन भएको जनाउदै कोहि पनि भोकै रहने अवस्था नआउने उनको दाबी छ ।

दमकमा 2246 घरपरिवारलाइ 62475 केजि चामल सहित खाध्यन्न घरघर पुर्याउदै जनप्रतिनिधि

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Friday, 3 April 2020

नगरपालिकामा जानकारी हुनुपर्यो कोहि भोको छ भने त्यहाँ हामी खाद्यन्न लिए पुग्नेछौ, उनले भनिन् ।

नागरिकता वा भोटरकार्ड खोजिएको भन्ने कुरामा सत्यता नरहेको उनले जनाईन् ।

दमकभित्र बसोबास गर्ने अति विपन्न सबैले राहत पाउने अधिकारीले बताइन् । हामी भातपानी नभनि लागेकाछौ, उनले भनिन ।

कम्तिमा पनि २ हजार २ सय ४६ घरधुरीमा राहत पुर्याउने शुरु गरिएको उनले प्रभावकारी न्यूजलाइ जानकारी दिइन् ।

अन्य थप भएमा उनिहरुलाइ पनि पुर्याउछौ, उनको भनाइ रहेको छ ।

दमकमा 2246 घरपरिवारलाइ 62475 केजि चामल सहित खाध्यन्न घरघर पुर्याउदै जनप्रतिनिधि

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Friday, 3 April 2020