२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक / झापाको दमकमा सवै वार्डहरुमा रातह वितरण शुरु भएको छ ।

शनिवार प्रभावकारी न्यूजले राहत वितरणको स्थलगत अवलोकन गर्ने क्रममा अधिकाँश राहत पाउनेहरु खुसि देखिन्थे ।

केहिले भने आफुहरु नसमेटिएको भन्दै आक्रोश पनि केहि ठाँउमा पोखिएको देखियो ।

नगरले छनौट गरेका नामवली र उनिहरुको अवस्था हेर्दा अधिकाँश राहत प्रदान गरिएकाहरु अति विपन्न खालका नै भेटिएकाछन् ।

केहि भने सामान्य हातमुख जोर्न सक्ने पनि रहेको पाईयो ।

केहि हुनेखानेले पनि राहतमा लोभ गरिएको पनि देखियो । छिमेकीले पाँउदा मलाई चाहि भएन भन्ने पनि भेटियो ।

नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, कार्यकारी अधिकृत गणेश तिम्सिनाले घरभित्र नै पसेर चामल तथा धानको अवस्था पनि हेरेका थिए ।

विवरण नआएका केहिको घरमा निक्कै समस्या देखियो र उनिहरुको घरमा पनि राहत पुर्याउछौ, नगर प्रमुख ओलीले भने ।

राहत वितरण अधिकाँश वार्डमा ब्यवस्थित र प्रत्यक्ष जनप्रतिनिधिको सहभागितामा नै भएको प्रभावकारी न्यूजको निगरानी तथा अनुगमनमा पाईयो ।

चर्को गर्मीको प्रवाह नगरी वार्डध्यक्षहरुले खाद्यन्न प्रदान गर्न लागि परेका थिए । वडा सदस्यहरु पनि उस्तै खटिएको भेटिएको छ ।

दमक ९ मा सरस्वती माबिको प्रागणमा राहत अन्त्यन्त ब्यवस्थित रुपमा बाडिएको थियो ।

सामाजिक दुरी कायम राख्न भरपुरमात्रामा विधि अपनाईएको देखियो ।

अन्यत्रभन्दा धेरै ब्यवस्थित पाईएको नगर उपप्रमुख गीता अधिकारीले बताईन्।

राजनीतिक विभेद भने देखिएन । कसैले पनि यसप्रकारको दुखेसो गरेनन् । राहत पाउनेहरु सोचेभन्दा बढि राहत पाईएको भन्दै खुसि देखिन्थे ।