दमकमा राहत पाउनु नपर्नेले पाएको र पाउनु पर्नेले नपाएको गुनासो
दमक / दमक नगरपालिकामा एकसाथ राहत वितरण शुरु भएपछि यस बिषयमा सकारत्मक तथा नकारत्मक टिकाटिप्पणीहरु शुरु भएकाछन् ।
हुनेखानेले पनि राहत पाएको र हुँदा खानेले भने राहत नपाएको भन्दै सामाजिक सञ्जालमा विरोध शुरु भएको छ ।
वास्तविक मजदूर तथा गरिवले राहत नपाएको भन्दै बिपक्षि दलका स्थानीय नेता कार्यकर्तादेखि लिएर स्वयं जनप्रतिनिधि निकाटकाहरुले समेत गुनासो गरेकाछन् ।
पार्टीभन्दा माथि उठेर राहत वितरण गर्न माग गरिएको छ ।
नेपाली काँग्रेस वार्ड नं. ४ छाया वडा सरकारका संयोजक राजेन्द्र भट्टराईले राहतमा विभेद गरेको बताएकाछन् ।
उनले सामाजिक सञ्जालमा आफ्नो बिज्ञप्ति हाल्दै राहत वितरण निष्पक्ष नभएको भन्दै विरोध जनाएको पाईएको हो ।
काँग्रेस नगर सभापति रोशन विष्टले पनि बिज्ञप्ति जारी गर्दै राहत वितरणमा भेदभाव नगर्न भनेकाछन् ।
उनले राहत वितरणमा काँग्रेसको पनि सहभागिता हुनुपर्नेमा बिज्ञप्तिमा जोड रहेको छ ।
सामाजिक सञ्जालमा सकारत्मक र नकारत्मक दुबै खालका टिप्पणिहरु आउने क्रम छ ।

गरिव र खान नहुनेलाइ पुर्याछौ- नगरप्रमुख ओली
दमक नगपालिकाका प्रमुख रोमनाथ ओलीले आफुहरुले गरिव तथा घरमा अन्नपात नभएकाहरुलाइ जसरी पनि खाद्यन्न पुर्याउने बताउदै त्यस्तो छुटेको भए खबर गर्न भनेकाछन् । यो सवैको दायित्व हो, कहाँ कस्को घरमा चामल तथा अन्न छैन हामीलाइ भन्नुपर्यो त्यहाँ पुर्याउछौ, उनले भने ।
सचेत गराउनु राम्रो भएको भन्दै त्यस्ता गरिव एवं मजदुर जसको घरमा खान तथा चुल्हो बाल्न समस्या छ त्यहाँ स्थानीय दमक सरकार पुग्ने उनले जनाए ।
नगरपालिकाका कार्यकारी अधिकृत गणेश तिम्सिनाले सवै अति विपन्नहरुकोमा राहत पुर्याउने र यो क्रम जारी रहेको बताएकाछन् । उनले कसैलाई भेदभाव नगर्ने पनि प्रतिबद्धता जनाए ।
दमकमा सबै गरिब तथा मजदुरकोमा पुग्छ राहत-गणेश तिम्सिना
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Saturday, 4 April 2020
