दमकमा नै कोरोना भाइरसको जाँच तयारी
सम्भवत अब झापाको दमकमा नै कोरोना भाइरसको संक्रमण भए भनएको जाँच गर्ने तयारी शुरु भएको छ ।
यसका लागि नगरपालिकाले चासो दिएको हो ।
भुटानी शरणार्थी तेश्रो देश पुर्नबासमा पठाउदा जाँच गर्नका लागि आप्रवास सम्बन्धिको अन्तराष्ट्रिय संगठन आइओएमको प्रयोगशाला यसका लागि प्रयोग गर्न सकिने जनाईएको छ ।
नगरपालिकाले जारी गरेको बिज्ञप्ति अनुसार यस बिषयमा आईओएमले माथिल्लो निकायमा अनुमति मागेको छ ।
त्यसपछि आफुहरुले प्रदेश तथा संघीय सरकारसंग समन्वय गरेर यहि प्रयोगशालामा कोरोना टेस्ट हुनसक्ने छ ।
अहिले प्रदेश १ मा बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मात्र जाँच सुविधा रहेको छ ।
