कोरोना त्रास-झापामा भारतबाट तरकारी तथा फलफुल नल्याउन मेयरको निर्देशन
विष्णुप्रसाद पोखरेल
दमक/पुर्वी नाँका काकडभिट्टा नाँका भएर हरियो सागशब्जि तथा फलफुल आउने क्रम नरोकिएकाले यसबाट कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै यो रोक्न मेची नगर नगरपालिकाका मेयर बिमल आचार्यले भन्सार कार्यालयलाइ निर्देशन दिएकाछन् ।
आइतवार भन्सार कार्यालय भएको सर्वदलिय एवं सर्वपक्षिय छलफल भएको थियो ।
उनले भारतमा कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिइरहेका बेला त्यहाँबाट आयात हुने तरकारी तथा फलफुलले जोखिम बढाउने भन्दै यस्तो निर्देशन दिएकाहुन् ।
अत्यआवश्यकीय तथा दैनिक उपभोग्य सामाग्रि आयतमा सरकारले रोक नलागाएका कारण यो आउने क्रम रोकिएको थिएन ।
यसले झापामा कोरोनाको त्रास रहेको थियो । सोमबार देखि नै भारतबाट तरकारी तथा फलफुल आउन छाडेको छ ।
भारतीय सवारी साधनमा भारतीय नै चालक तथा सहचालक तरकारी र फुलफुल लिएर आउँदा जोखिम रहेको थियो ।
यस बिषयमा प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकीले आवाज उठाएका थिए ।
उनले सामाजिक सञ्जाल फेसबुकमा यो बिषयमा कुरा राख्दै यो रोक्न माग गरेका थिए ।
नगर प्रमुख आचार्यले यसलाई सम्बोधन गर्दै सर्वपक्षिय र सरोकारवालाहरुको बैठक राखेर यो छिर्न नदिने निर्णय गराएका हुन् ।
