यस्तो पो हो राजनीतिक संस्कार ! बिर्तामोडमा नेकपाले दियो गरिवका लागि १० हजार केजी चामल
विष्णुप्रसाद पोखरेल
दमक/नेपालभर दूइसाता अघिदेखि लकडाउन रहेको छ । लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने तथा अति विपन्नहरुको दैनिकी कष्ठप्रद बन्दैछ ।
कतिपयको घरमा हातमुख जोर्न समेत समस्या रहेको छ । अनि ति विपन्नको नाममा राजनीति शुरु भएको छ ।
राहतको बिषयमा घोचपेच शुरु भएकाछन् । एउटा चाउचाउनको पोको, कुइएको चामल, दुइ केसा केरा दिएर फोटो खिचाउनको होडबाजि पनि कम छैन ।
तर झापाको बिर्तामोडमा नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा० बिर्तामोड नगर कमिटीले बिर्तामोड नगरका विपन्न बर्गको लागि १० हजार केजी चामल उपलब्ध गराएको छ ।
नगरपालिकाले बनाएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा चार लाख बराबरको १० हजार केजी चामल उपलब्ध गराएको नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीले बताउनु भएको छ ।
सोमबार नेकपा नगर अध्यक्ष ज्ञानुराम प्रसाई लगायतका पार्टीका स्थानीय नेता कार्यकर्ताहरु पुगेर यो राहत नगरपालिकाको राहत कोषमा जम्मा गरहेकाहुन् ।
आजैबाट नगरपालिकाले विपन्नको घरघरमा राहत पुर्याउन पनि शुरु गरिसकेको छ ।
नगर अध्यक्ष प्रशाईका अनुसार यो अवस्थामा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारकोमात्र बाटो नहेरेर जे सकिन्छ त्यो सहयोग सबैले गर्ने समय भएकाले आफुहरुले यो सहयोग गरेको बताए ।
उनले आगामि दिनमा पनि यस प्रकारको सहयो जारी रहने प्रतिबद्धता ब्यक्त गरे ।
बिर्तामोड नगरपालिकाले विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने ६ हजार ९ सय परिवारका लागि १ लाख ४० हजार केजी चामल वितरण सुरु गरेको छ ।
