दमकको विकासमा सधै चिन्तित र अग्रसरछन् इन्द्र भण्डारी
इन्द्र भण्डारी झापाको दमकमा मात्र नभएर नेपालमा नै नौलो नाम होईन ।
झापाली भूमिका जन्मेका उनि अहिले देशको कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख स्वकीय सचिव हुन् ।
उनि लामो समयदेखि प्रधानमन्त्री ओलीको साथमा नै रहेकाछन् ।
दमकका स्थायी बासिन्दा भण्डारी अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा पनि प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा थिए ।
अहिले प्रधानमन्त्री हुँदा पनि सोहि जिम्मेवारीमा रहेकाछन् ।
ओली सत्तामा रहदामात्र होइन उनि पहिला सामान्य अवस्था रहदा देखि नै ओलीका सारथी हुन् ।
भण्डारी खासै चर्चामा आउँदैनन् । उनि काम गर्छन् तर त्यो कामको श्रेय आफुलाइ जाओस भन्ने रुचाउदैनन् ।
दमकको विकासमा उनको महत्वपुर्ण हात रहेको छ । यहाँ विकासका योजानहरु पार्नमा उनेको निक्कै भूमिका रहेको छ ।
साना ठुला सडक निर्माण होस या अन्य योजना उनले केन्द्रमा पहल गरेकाछन् ।
स्थानीय कार्यालयहरु मार्फत हुने कामहरुको सहजीकरण पनि गर्दै आएकाछन् ।
दमक ३ ढुंगे चुलाचुली सडक, दमकको कर्मिसियल भ्यू टावर आसपासमा जग्गा एकीकरण अर्थात ल्याण्डपुलिंग गराउन उनको पहल रहेको छ ।
दमकमा लामो समयदेखि चर्चामा रहेको विश्वको अग्लो बुद्धमूर्ति तथा बौद्ध विश्वविद्यालय निर्माणको प्रारम्भिक चरणको काम नै जग्गाका कारण रोकिएको अवस्थामा उनको पहलमा नै यो अघि बढ्यो ।
जुन प्रधानमन्त्रीको एउटा यस क्षेत्रको सपना पनि हो । दमकको विकासमा आफ्नै सधै चासो र चिन्ता रहने गरेको उनको भनाई छ ।
प्रधानमन्त्री केपी ओलीका सपनाहरु साकार पार्न उनको महत्वपुर्ण भूमिका हुन्छ र त्यो गरिरहेकाछन् ।
उनि नेपाल कम्यूनिष्ट पार्टी नेकपाका नेता पनि हुन् ।
उनि प्रदेश १ सम्पर्क कमिटी अध्यक्ष रहेका उनि अहिलेसम्म कहि कतै विवादमा तानिएका छैनन् ।
उनको स्वच्छ छवि नै वास्तविक परिचय बनेको छ ।

