२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापा दमक सहित अहिले देशभरका अधिकाँश ब्यवसायीको एउटै चिन्ता छ बैकको ब्याज कसरी तिर्ने ?

अत्यआवश्यकीय खाद्यन्न लगायतका केहि ब्यापार ब्यवसाय खुलेपनि ९० प्रतिशत ब्यवसायि अहिले लकडाउनका कारण घरमा रहेकाछन् ।

ब्यापार ब्यवसाय ठप्प रहेको छ । सरकारले घरधनीहरुलाइ घरभाडा छुट दिन आग्रह गर्दा बैकहरुलाइ ब्याज छुट दिन किन आग्रह गर्न सक्दैन भनेर सरकारसंग आक्रोश पनि पोखेकाछन् ।

सरकारले केहि ढिला गरेर ब्याज तिरे हुने ब्यवस्था गरेको छ । तर यो भाका सार्ने काम मात्र भएको ब्यापारीको बुझाई छ ।

ब्यवसायीलाइ खोइ के छ त राहत र सुविधा, दमकका ब्यवसायी प्रेम पाण्डे भन्छन् ।

सरकारले ब्याज भुक्तानीको म्याद यो चैत्र भरिमा तिर्नु पर्नेलाई बैसाख मसान्त सम्म पुर्याए पनि बैकहरुले फेरि लालच देखाएर १० प्रतिशत ब्याजमा छुटको प्रस्ताव देखाएको छ, उनले भने ।

ब्याज छुट गराउन सरकार लाग्नु पर्छ, उनको माग छ ।

दमकका अर्का ब्यवसायी काशि खाती पनि बैकले अहिले छुटभन्दै लकडाउनको समयमा घर बसेको मान्छेलाइ थप प्रताडित बनाएको बताउछन् ।

कोरोनाको त्रास र चिन्ताले लक डाउन पालना गरेर घरमा बसेको समयमा बैकको फोन आँउदा कस्तो होला ? उनको प्रश्न छ ।

यो समयमा बैकले फोन गर्दा थप मानसिक समस्यामा पर्ने ब्यवसायीहरु बताउछन् ।

दमक उद्योग बाणिज्य सघका अध्यक्ष गोकुल श्रेष्ठले पनि यो अवस्थामा सरकारले ब्यवसायीहरुलाइ राहत हुने गरी केहि न केहि ब्यवस्था गर्नु पर्ने बताउछन् ।

कम्तिमा एक महिनाको बैकको ब्याज छुट दिदा पनि ब्यवसायीहरुलाई ठुलो राहत मिल्छ, उनले भने ।