२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ राजनीतिकर्मी एवं नेकपाका नेता गगन पुरीले दमक नगरपालिका, कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिले बनाएको राहतकोषमा दैनिक उपभोग्य सामाग्रि प्रदान गरेकाछन् ।

नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिना सहितको उपस्थितिम उनले राहत प्रदान गरेका थिए ।

स्थानीय पार्टीका नेताहरुको उपस्थितिमा उनले ८ सय केजी चामल, ४० लिटर तेल, ४० केजि नून, र ४० केजी दाल उपलब्ध गराएकाहुन् ।

४० जना विपन्न परिवारलाई न्यूनतम राहत पुगोस भनेर आफुले त्यो अनुसारको ब्यवस्था गरेको पुरीले जनाए ।

नगर प्रमुख ओलीले दाताले ईच्छ्याएको वार्ड तथा जुन वार्डबाट सहयोग प्राप्त हुन्छ त्यहि उपलब्ध गराउने कार्यको थालनी भएको जनाए ।