२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा विहान र बेलुका बजारमा भिडभाड बढ्न थालेको छ । सरकारले कोरोना संक्रमण हुन नदिनका लागि पुर्ण रुपमा लकडाउनको पालना गर्न भनेको छ । स्थानीय सरकार र प्रशासनले लकडाउनको पालना गर्नका लागि बारम्बार आग्रह गर्दै आएकाछन् ।

विहान बेलुका पनि लकडाउन पुर्ण रुपमा पालना हुनुपर्नेमा अहिले यस्तो भएको पाईएको छैन । साँझ परेपछि सवारी साधनहरु चल्न थाल्छन् भने बजार तथा चोक भिडभाड शुरु हुन थाल्छ । दमक गणतन्त्र चोक दक्षिणमा रहेको शब्जि बजारमा त भिड निक्कै रहेको हुन्छ ।

इलाका प्रहरी कार्यालय दमकले बारम्बार रुपमा अत्यआवश्यक बाहेक घरबाट ननिस्कन आग्रह सहित सूचना बजाउदै हिडेको छ । तर यसलाइ पालना भने भएको छैन । हामीले बारम्बार घरबाट अत्यआवश्यक काम बाहेक बाहिर ननिस्कन भनेका छौ, इलाका प्रहरी कार्यालय दमकका प्रमुख विजयराज पंण्डितले भने ।

दमक नगरपालिकाले पनि हरेक दिन सार्वजनिक अपिल गर्दै घरबाहिर अत्यआवश्यक काम बाहेक ननिस्कन अनुरोध गर्दै आएको छ । तर यो पुर्ण पालना नगरेको पाईन्छ । अन्य समयमा भएका बन्द तथा हड्तालमा विहान बेलुका खुला रहेजस्तै बुझेकाले लकडाउनको पालना हुन नसकेको जनाईन्छ ।

हिडडुलका लागि अनुमति लिन सवारी पास लिने भिड लागेपछि जिल्ला प्रशासन कार्यालय झापा र इलाका प्रशासन कार्यालय दमकले सवारी पास वितरण नै बन्द गरेका थिए । अत्यआवश्यकीय बाहेक कसैलाइ पनि सवारी साधन सञ्चालनको अनुमति पनि दिईएको छैन ।

दमकमा यस्तो छ लक डाउन

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Wednesday, 8 April 2020